नियम १४
सर्वेक्षण अनुमतिपत्र दिने
नियम १२ बमोजिम परेको दरखास्त उपर नियम १३ बमोजिम जिल्ला
जलस्रोत समितिले आवश्यक जाँचबुझ गरेपछि दरखास्तावालाको माग अनुसार वा आवश्यक भए
संशोधन समेत गरी अनुसूची–४ बमोजिमको ढाँचामा दरखास्तवालालाई जलस्रोत उपयोगको
सर्वेक्षण अनुमतिपत्र दिनु पर्नेछ ।